मंगलबार, फागुन ६, २०८१

दैनिक १६ अर्ब रूपैयाँ कमाउँछन् अडाणी

मेरोन्यूज २०७८ असोज १४ गते २०:२५

काठमाडौँ । भारतीय व्यापारिक घराना अडाणी ग्रुपका मालिक गौतम अडाणी एसिया दोस्रो धनी व्यक्ति बनेका छन् । उनले पछिल्लो एक वर्षमा हरेक दिन १६ अर्ब ३ लाख २० हजार कमाउँदै आएका छन् ।

Advertisement
IMEnabil

पछिल्लो वर्ष मात्रै उनको कूल सम्पत्ति ८० खर्ब ८० अर्ब पुगेको छ । एक वर्षपहिले उनको कूल सम्पत्ति २२ खर्ब ४० अर्ब रहेको थियो ।

यस्तै, भारतका सबैभन्दा धनी व्यापारिक घराना मुकेश अम्बानीको परिवार रहेका छन् । उनले पछिल्लो एक वर्षमा हरेक दिन दुई अर्ब ६० करोड रूपैयाँ कमाउँदै आएका छन् । यस वर्ष उनको कूल सम्पत्तिमा ९ प्रतिशतले वृद्धि भएको छ ।

अम्बानीको तुलनामा अडाणीले पछिल्लो एक वर्षमा ६ गुणा बढी सम्पत्ति वृद्धि गर्न सफल भएका छन् । यस्तै, अडाणीले आफ्नो सम्पत्तिमा ४ गुणा वृद्धि गर्न सफल भएका छन् ।

५९ वर्षीय अडाणीले आफ्नो सम्पत्तिमा तीव्र गतिमा वृद्धि गर्दै आएका छन् ।

प्रतिक्रिया