एमाले विधान महाधिवेशन बाहिरको दृष्य (फोटोफिचर)

काठमाडौँ । पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनको उद्घाटन अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच गर्ने कार्यक्रम छ । आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । नवौँ महाधिवेशनबाट पारित दस्तावेज अनुसार एमालेले पहिलो पटक विधान महाधिवेशन गर्दैछ । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख एमालेले विधान महाधिवेशन गर्न लागेको हो ।

विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी हुँदैछन् । देशभरबाट महाधिवेशन प्रतिनिधि ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा उपस्थित भइरहेका छन् । एमाले विधान महाधिवेशन आजदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया