एमालेको विधान महाधिवेशनमा प्रभु साह नजाने
मेरोन्यूज
२०७८ असोज १५ गते १२:५८

काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेता प्रभु साह नजाने भएका छन् । आफूले राखेको ८ बुँदे प्रस्तावको सुनुवाई नभएको भन्दै उनी महाधिवेशनमा नजाने भएका हुन् ।
नेता साहले बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली तथा साँझ महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँग भेट गरी छलफल गरेका थिए । उनले राखेको प्रस्तावमाथि सुनुवाई नभएको भन्दै आफूहरु महाधिवेशन नजाने बताएका हुन् ।
उनले आफ्नो प्रस्तावमा एमाले दुई पार्टीहरू एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपाकै परिपाटीमा हुनु पर्ने माग राख्दै आएका थिए ।
उनले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिइएको भन्दै फरक मत राख्दै आएका थिए । उनले नेकपा पार्टी खारेज भएसँगै माओवादीमा नफर्की एमालेमा बस्ने निर्णय गरेका थिए ।
सम्बन्धित









आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया