एमालेको विधान महाधिवेशनमा प्रभु साह नजाने
मेरोन्यूज
२०७८ असोज १५ गते १२:५८

काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेता प्रभु साह नजाने भएका छन् । आफूले राखेको ८ बुँदे प्रस्तावको सुनुवाई नभएको भन्दै उनी महाधिवेशनमा नजाने भएका हुन् ।
नेता साहले बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली तथा साँझ महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँग भेट गरी छलफल गरेका थिए । उनले राखेको प्रस्तावमाथि सुनुवाई नभएको भन्दै आफूहरु महाधिवेशन नजाने बताएका हुन् ।
उनले आफ्नो प्रस्तावमा एमाले दुई पार्टीहरू एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपाकै परिपाटीमा हुनु पर्ने माग राख्दै आएका थिए ।
उनले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिइएको भन्दै फरक मत राख्दै आएका थिए । उनले नेकपा पार्टी खारेज भएसँगै माओवादीमा नफर्की एमालेमा बस्ने निर्णय गरेका थिए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया