एमाले अधिवेशनमा पेश भएका प्रस्तावमाथि छलफल हुँदै, छलफलका लागि १० समूह तयार

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान अधिवेशनमा आज विभिन्न राजनैतिक प्रतिवेदन तथा प्रस्तावमाथि छलफल हुने भएको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन भोलिसम्म जारी हुने छ ।
अधिवेशनको दोस्रो दिन आज (शनिबार) पार्टी अध्यक्ष, महासचिव र उपमहासचिव तथा संगठन विभाग प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने भएको हो । अधिवेशनको उद्घाटनसँगै शुक्रबार उनीहरूले पार्टी तथा संगठनलाई बलियो बनाउन प्रतिवेदन पेश गरेका थिए ।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा भइरहेको अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनको उद्घाटन गरी उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन पेश गर्दै गर्दा अध्यक्ष ओलीले आफूलाई रुघाखोकीले गाह्रो बनाएको भन्दै बीचमा नै छाडेका थिए । उनले पेश गरेको राजनीतिक प्रतिवेदनको बाँकी अंश नेता शंकर पोखरेललाई पूरा गर्न जिम्मेवारी दिएका थिए ।
यस्तै, पार्टी महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन पेश गरेका थिए भने उपमहासचिव विष्णु पौडेलको विधान प्रतिवेदन पेश गरेका थिए । उनीहरूले पेश गरेको प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । छलफलका लागि १० समूह तयार बनाइएको छ ।
करिब ६ हजार प्रतिनिधिहरू सहभागी भएर ती प्रतिवेदनमाथि छलफल गरी पार्टीको नीति तयार पार्ने तयारी एमालेको छ । पार्टीको विधि विधान र कार्यक्रममाथि केन्द्रीत रहेर बहस हुने यो विधान अधिवेशनले एमालेलाई चुस्त, दुरुस्त र वैचारिक बनाउने विश्वास गरिएको छ ।
करिब ६ सय जना हुने एक समूहले ४ घण्टामा अधिवेशनमा पेश भएका तीन प्रतिवेदनमाथि छलफल गरी राय पेश गरिसक्नु पर्ने छ । यसका लागि आजको बिहान ८ बजेदेखि छफलफ सुरु हुनेछ । तीन दिनसम्म अधिवेशन भोलि आइतबारसम्म जारी हुनेछ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया