के ओलीले शंकर पोखरेललाई महासचिवमा अघि सार्दैछन् ?
तेस्रो धार भन्नेहरु विधान महाधिवेशनमै जिम्मेवारविहिन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा चलिरहेको छ ।
महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सकिएको छ ।
नीति र विधिलाई टुङ्गो लगाउने तयारीस्वरुप बनाएका १० वटा समूहलाई पार्टीका शीर्षस्थ नेताहरुले सहजीकरण गरेका थिए ।
योसँगै एमालेले आगामी पाँच वर्षका लागि पार्टीको मूल नीति र मूल नेतृत्व तय गर्दैछ । विधान महाधिवेशनबाट यी दुवै विषय टुङग्याएपछि दशौं महाधिवेशनमा नेतृत्व चयन हुनेछ ।
नेतृत्व चयनका लागि पनि एमालेको यो विधान महाधिवेशन निकै महत्वपूर्ण हुनेछ ।
‘झुल्के घामले विहानीको संकेत गर्छ’ भनेझै एमालेको विधान महाधिवेशनले एमाले नेतृत्वको झलक देखाएको छ ।
महाधिवेशन हलमा प्रस्तुत गरिएको विधानमा उपमहासचिव पद खारेज गरिएको छ । वरिष्ठ नेताको पद हटाइएको छ ।
उपाध्यक्ष पाँच बनाइएको छ भने सचिवलाई ६ बनाइएको छ ।
एमालेका तत्कालिन दुई नेताहरु झलनाथ खनाल तथा माधवकुमार नेपाल बाहिरिएपछि ओलीसँग प्रतिस्पर्धा गर्ने कुनै नेता देखिएका छैनन् । यद्यपि विधानमा प्यानल बनाएर उठ्न नपाइने प्रावधान हटाइएको छ । प्यानल बनाएर उठ्न पाइने व्यवस्था राखिएको छ । तर ओलीसँग प्यानल बनाएर उठ्ने संभावना एमाले नेताहरुले देखाएका छैनन् ।
अहिलेका उपाध्यक्षहरुमध्ये भीम रावल र महासचिव ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन सक्ने भएपनि उनीहरु ओलीका अगाडि ‘भिजेको बिरोलो’ सावित हुनेछन् । त्यसकारण ओलीले विधान महाधिवेशनको शुरुमै ओलीले सचीव प्रदीप ज्ञवालीलाई उदघोषणको जिम्मा दिए । शंकर पोखरेललाई राजनीतिक प्रतिवेदन पढ्न लगाएर ‘एक्सपोज’ गराए ।
आफूलाई स्वास्थ्य समस्या भएपछि नेकपा एमालेका अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेता पोखरेललाई दिएपछि ओलीका प्रमुख सहयोगीका रुपमा महासचिवको तयारी गराउन खोजेको आभाष दिलाए ।
दुई जना उपमहासचिव र हुँदा हुँदै ओलीले प्रदीप ज्ञवालीलाई उदघोेषणको जिम्मेवारी दिएर दशौं महाधिवेशनपछि ज्ञवालीलाई पनि प्रमुख जिम्मेवारी दिने संकेत गरिएको छ ।
महाधिवेशनमा एमालेका तेस्रो धारको भूमिका
विगतमा माधव नेपालतिर लागेका तर १० बुँदे सहमतिपछि एमालेमै रहेका नेताहरुलाई भने विधान महाधिवेशनको हलमा खास जिम्मेवारी दिइएन ।
प्रायः सबै पदाधिकारी भएपनि उनीहरुलाई जिम्मेवारी नदिई ओलीले शंकर पोखरेललाई अघि सारेर सुरेन्द्र पाण्डेलाई चिसो उत्पन्न गराएका छन् ।
त्यतिमात्र होइन एमाले र नेकपा माओवादी केन्द्रवीच एकीकरण हुँदा पार्टीको शक्तिशाली पदमा पुगेका विष्णु पौडेललाई पनि महासचिवमा शंकर पोखरेलअघि बढ्नसक्ने संकेत गरे । तर पौडेलले यो विषयलाई ओलीको सहयोगीको रुपमा मात्रै बुझेको भएपनि महाधिवेशनबाट महासचिवकालागि पोखरेलले आफूलाई अघि सार्ने सम्भावना बढेर गएको छ ।
विधान महाधिवेशनमै आएका अधिकांश प्रतिनिधिहरु दशौं महाधिवेशनमा प्रतिनिधिका रुपमा आउने भएकाले पोखरेललाई त्यो अवसर दिइएको हो ।
महाधिवेशन हलमा प्रतिवेदन पढेर सुनाउने नियमित कार्यभएकाले ओलीले प्रतिवेदन लेखनमा समेत सहयोगीका रुपमा लिएका पोखरेललाई नै प्रतिवेदन पढ्न दिएर भावी नेतृत्वको जनाउ दिएका छन् ।
दशौं महाधिवेशनमा कसको चुनौति कति ?
दशौं महाधिवेशनमा ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष हुने सम्भावना रहेको छ ।
तर अहिले उपाध्यक्ष रहेका युवराज ज्ञावाली, सचिव रहेका पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको व्यवस्थापनमा चुनौति देखिएको छ ।
यस्तै, ६ सचीवका लागि पनि आकांक्षीहरु धेरै देखिएकाले उनीहरुको व्यवस्थापन पनि चुनौतिपूर्ण रहेको छ ।
शंकर पोखरेल महासचिव भए विष्णु पौडेलको व्यवस्थापन कसरी हुन्छ भन्ने अर्को चुनौति देखिएको छ ।
‘यी सबै चुनौति देखिएकाले महाधिवेशन हलमा आएको विधान संशोधन प्रस्तावमाथि थप संशोधन हुने संभावना बढेर गएको छ’, स्थायी कमिटीका एक सदस्यले भने । उनका अनुसार अघिल्लो नवौं महाधिवेशनमा उपमहासचिव पदबाटै हारेका शंकर पोखरेललाई स्थायी कमिटीमा मनोनयन गरिएको थियो ।
महासचिवमा हारेका सुरेन्द्र पाण्डेलाई स्थायी कमिटीमा मनोनयन गर्नुपर्दा ओलीले शंकर पोखरेललाई पनि साथमा मनोनयन गरेका थिए ।
ओलीले लामो समयदेखि आफ्नो सहयोगीका रुपमा अघि सारेका शंकर पोखरेललाई दशौ महाधिवेशनबाट आफूपछिको पार्टी नेतृत्वमा स्थापित गर्नेगरी योजना बनाइरहेको स्रोतको दावी छ ।
यद्यपि शंकर पोखरेल र विष्णु पौडेल दुवै जना एउटै प्रदेशका भएकाले भूगोलमा पोखरेलभन्दा पौडेल निकै बलिया रहेका छन् । भूगोलमा पौडेल बलिया रहेकाले पोखरेललाई पौडेलले सहजै छाड्ने अवस्था भने छैन ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया