काठमाडौंबाट माइक्रोबस चोरेर युवकले पुर्याए धादिङ
मेरोन्यूज
२०८२ जेठ १ गते २१:५४

काठमाडौं । माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् ।
काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गएको वैशाख २९ गते अपराह्न वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङस्थलबाट उक्त माइक्रो चोरी गरी उनले चलाएर धादिङ पुर्याएका थिए । माइक्रोसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।
थापा वनस्थलीमा बस्दै आएका थिए । चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन चार दिनको म्याद थप अनुमति प्राप्त भई उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया