देशभर देखिए डेंगु सार्ने लामखुट्टे, कस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ । नेपालमा तराईका जिल्लामा लामखुट्टेको टोकाईबाट हुने डेंगुका बिरामी पहाडी र हिमाली जिल्लामा समेत देखिन थालेका छन् । वातावरणीय प्रतिकुलताका कारण लामखुट्टेबाट हुने डेंगु संक्रमित पहाडी र हिमाली जिल्लामा देखिन थालेको जनस्वस्थ्य विज्ञहरू बताउँछन् । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको कोटाईबाट हुने चिकित्सकहरु बताउँछन् ।
पछिल्लो तीन महिनामा १४९ जनामा डेंगु संक्रमण देखिएको इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा बढी संखुवासभामा ४७ जना र म्याग्दीमा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पर्वत बाग्लुङ, भोजपुरलगायतका पहाडी जिल्लामा डेंगुका बिरामी तथ्यांकले देखाएको छ ।
पछिल्लो समय जलवायुमा परिर्वतन आउँदा पहाडी र हिमाली जिल्लामा डेंगु सार्ने लामखुट्टे भेटिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले बताए । उनका अनुसार लामखुट्टेका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने माध्यम सवारी साधन र मानिसहरुको आवतजावतसमेत हो ।
‘पछिल्ला समय चुरे क्षेत्रमा समेत लामखुट्टेजन्य रोगको प्रकोप बढेको देखिन्छ,’ उनले भने, ‘पृथ्वीमा बढेको तापक्रम नै लामखुट्टेका लागि हिमाली जिल्लाहरुमा समेत बाँच्न उपयुक्त वातावरण बनेको छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेको समयमा वर्षा भइरहेको र लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त तापक्रम भएको बताए । २२ देखि ३४ डिग्रीसम्मको तापक्रम डेंगु रोग सार्ने लामखुट्टेका लागि अनुकूल मानिने उनले जानकारी दिए ।
‘एडिज नामक लामखुट्टेको टोकाईबाट यो सर्ने हुन्छ भने लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ, यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ,’ डा. पुनले भने ।
यस रोगबाट बच्न घर वरिपरी पानीका खाल्डा खुल्डी पुर्ने, पानी जम्न नदिने, पानीको भाँडो छोपेर राख्ने, पूरा बाउला भएका कपडा लगाउने, झुलको प्रयोग गर्ने गरेमा बच्न सकिने पुनको सुझाव छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी डेंगु संक्रमित गण्डकी प्रदेशमा देखिएको थियो । जसमा १४५ जना संक्रमित भएका थिए ।
सुदूरपश्चिम १२५ जना, वागमतीमा ७०, लुम्बिनीमा ७३, कर्णालीमा ४८, प्रदेश १२८ र सबैभन्दा कम प्रदेश २ मा ४ जना गरी जम्मा ४८९ जनामा डेंगु देखिएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१२ मा गरेको डेंगुको अध्ययनमा १८ सय मिटरमाथिसम्म लामखुट्टे पुग्ने अनुसन्धानले देखाएको थियो । नेपालमा एडिज एजिप्टाइले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाइसम्म पुगेर प्रजनन् गर्न सक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि डेंगु रोगलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती रुपमा मानेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु संक्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो ।
लक्षणहरू
डा. पुनका अनुसार यस रोगको प्रमुख लक्षण भनेको उच्च ज्वरो आउने हुन्छ । सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ । केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ ।
बच्ने उपाय
लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने ।
पानी छोपेर राख्ने ।
खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने ।
शरीरको अधिकांश अंग ढाक्ने खाले लुगा लगाउने ।
दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने ।
लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया