मंगलबार, फागुन ६, २०८१

दशैंका लागि दुई चरणमा खसीबोका काठमाडौं ल्याउने सरकारको तयारी

मासुको मूल्य प्रतिकेजी १ हजार ५ सय सम्म पुग्ने अनुमान

किरण अधिकारी २०७८ असोज १८ गते ९:०९
फाइल फोटो

काठमाडौँ । यस वर्ष धेरै खसीबोका काठमाडौंमा पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पूर्वदेखि पश्चिमका सबै प्रदेश, जिल्ला र स्थानिय क्षेत्रबाट खसीबोका खरिद गरेर काठमाडौं ल्याउँदै छ । कम्पनीले कम्तिमा यसका लागि केही दिन पछि खसीबोका खरिद गर्न सुरु गरिने जनाएको छ । अहिले खसीबोका पालन गर्ने कृषकसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।

Advertisement
IMEnabil

कम्पनीले पहिलो चरणमा सबै स्थानबाट घटस्थापनाको दिनमा कम्तीमा ६ सय खसीबोका काठमाडौं आउने छ । त्यसैगरी दोस्रो चरणमा थप खसीबोका आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिए । असोज १० मा नै सबै स्थानका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खसीबोकाको मूल्य निर्धारण भएका उनले बताए ।

उनले सबै स्थानका कृषकले दशैमा खसिबोकाको मुल्य बढाउन आग्रह गरेकाले प्रतिकेजी ७ सय रुपैयाँ तोकिएकोमा थप केही वृद्धिमा बिक्रि हुने र दशैमा मासुको मुल्य बढेर प्रति के.जी १ हजार ५ सय रुपैयाँसम्म हुन सक्ने संकेत गरे ।

दसैं तिहारमा खसी, बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री हुने भएकाले सरकारले हरेक वर्ष खसीबोका खरिद गरेर बिक्री गदै आएको छ ।

चार्ड पर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्य नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।

दशैं सुरु भएसँगै राजधानी शहर काठमाडौंमा खसि बोका तथा च्याङ्ग्रा भित्रिन थालेकाले काठमाण्डौं उपत्यकामा ८० हजारसम्म खपत हुने आकलन गरिएको छ । अघिल्ला दशैंका लागी भारतबाट कुल खपतको ७५ देखी ८० प्रतिशत सम्म खसीबोका काठमाडौं भित्रिने गरेको थियो । त्यस्तै, करिब २० प्रतिशत चौपाया मात्रै आन्तरिक उत्पादन बाट हुने गरेको थियो । तर यस वर्ष सरकारले भारतबाट आउने खसीबोकामा प्रतिबन्ध लगाएकोले हिमाली तथा तराइ क्षेत्रबाट खसी बोका काठमाडौं भित्रनेमा शंका नरहेकाले कृषकको उत्पादन बिक्रि हुने छ ।

भारतको प्रतिवन्ध भएपनि गैरकानुनी रुपमा खसी बोका आइरहेको छ । सरकारी निकायले भने जस्तै काठमाडौंका व्यवसायीले पनि जिउँदो बोकाको मुल्य बढेकाले दशैमा तयारी मासुको मुल्य प्रतिकेजि १ हजार ५ सय रुपैयाँ पुग्ने जनाएका छन् ।

मासु व्यवसायी संघका प्रकाश श्रेष्ठका अनुसार यस पटकको दशैमा खसिको मासु १ हजार ५ सय नाध्ने देखिएको छ । हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार ३ सय रुपैयाँमा खसि बोकाको मासु बिक्रि हुँदै आएको छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया