किन आरजु राणा डा. बिच्छाको समय अवधि थप्न चाहन्छिन् ?

काठमाडौँ । उमेर हदबन्दीका कारण अवकाश पाउन लागेका डा. आरपी विच्छाको तीन वर्ष म्याद थप्ने चलखेल सुरु भएको छ । स्वास्थ्य मन्त्री एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको दबाबमा डा. विच्छाको तीन वर्ष समय थप्ने तयारी सुरु भएको हो ।
डा. विच्छा आगामी ६ कात्तिक उमेर हदका कारण अवकाश हुँदै थिए । उनी अहिले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक हुन् । उनलाई अहिलेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निमित्त महानिर्देशक बनाएका थिए ।
प्रधानमन्त्री पत्नी राणा र डा. विच्छाबीच गहिरो दोस्ती छ । जुन दोस्तीका कारण डा. विच्छालाई चिठ्ठा पर्ने भएको हो । डा. बिच्छालाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा (२)लाई टेकेर म्याद थप गर्न मन्त्रालय स्रोत बताउँछ ।
उक्त दफाको उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० वर्ष पूरा भई अत्यावश्यक हुने कर्मचारीलाई बढीमा तीन वर्षको अवधि थप्न सक्ने उल्लेख छ । सोही दफालाई आधार बनाएर डा. बिच्छाको म्याद थप्न लागिएको मन्त्रालय स्रोत बताउँछ ।
मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छाले स्वास्थ्य सेवामा आफ्नो विज्ञता आवश्यकता भएकाले म्याद थप गरी पाउँ भन्दै निवेदन दिएका थिए । उनको निवेदनलाई आधार बनाई मन्त्रालयले तीन वर्ष म्याद थप गर्नका लागि प्रस्ताव उठाएर मन्त्रिपरिषदमा पठाइसकेको छ ।
महामारीलाई विशेष समय मानेर कोही विज्ञको अवकाश पाउन लागेको छ भने यदि विशेषज्ञ म्याद थप गर्ने र कानूनमै उल्लेख भएको कुरामा सहजै सफल हुने अनुमान गरिएको छ ।
डा.विच्छा बालरोग विशेषज्ञ हुन् । उनी जस्ता अहिले मन्त्रालयमा थुपै्र स्वास्थ्य विज्ञहरु रहेका छन् । अहिलेको समयमा उनको विज्ञता आवश्यक नरहेको तर प्रधानमन्त्री पत्नीको दबाबमै उनलाई बनाउन लागिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
डा. विच्छाको म्याद थपसम्बन्धी फाइल मन्त्रालयबाट मन्त्रिपरिषद् पठाएको सम्भवत आज बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया