पैगम्बर मोहम्मदको कार्टुन बनाएका लार्सको दुर्घटनामा मृत्यु
मेरोन्यूज
२०७८ असोज १८ गते १७:१०

काठमाडौं । पैगम्बर मोहम्मदको कार्टुन बनाएका लार्स विल्क्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
स्वीडेनका कलाकार लार्स पैगम्बर मोहमदको कार्टुन बनाएर विश्वमै चर्चामा आएका थिए । उक्त कार्टुनमा उनले एक कुकुरको शरीर बनाएका थिए र उक्त कुकुरमाथि पैगम्बर मोहम्मदको शीर लगाएका थिए ।
प्रहरीको गाडीमा सवार लार्स उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको हो । दक्षिणी स्वीडेनको मारकरद शहरमा उनी चढेको प्रहरी भ्यान ट्रकसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा परी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।
पैगम्बर मोहम्मदको कार्टुन बनाएपछ थुप्रै धम्कीहरु आएपछि विल्सलाई सुरक्षाकर्मी दिइएको थियो ।
७५ वर्षका विल्क्सले बनाएको उक्त कार्टुन सन् २००७ मा डेनमार्कको एक पत्रिकामा छापिएको थियो ।
सम्बन्धित









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब
प्रतिक्रिया