कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन- एमालेको एकल बहुमत आउने गरी लाग्नूस्
मेरोन्यूज
२०८२ जेठ ५ गते १६:३९

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न आग्रह गरेका छन् ।
सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताएका हुन् ।
‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ । तर, हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्न हामी लाग्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।
सम्बन्धित










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया