साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित
मेरोन्यूज
२०७८ असोज १९ गते ६:३६

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई हराएको हो ।
नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एकरएक गोल गरेका थिए । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एकरएक गोल फर्काएका थिए ।
नेपालले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता लिएको थियो । यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।
सम्बन्धित


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया