मन्त्रालय बाँडफाँटबारे जुट्यो सहमति : कुन दललाई कुन मन्त्रालय ?
कांग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४/४ मन्त्रालय

काठमाडौं । सत्ता गठवन्धन दलमा सहभागी मुख्य चार दलका वीचमा मन्त्रालय भागवन्डाका विषयमा सहमति जुटेको छ । मन्त्रिपरिषद् विस्तार समयसम्म सामान्य हेरफेर हुन सक्ने भएपनि मन्त्रालय भागवन्डामा अव करिव सहमति जुटेको कांग्रेसका एक प्रभावशाली नेताले बताएका छन् ।
मंगलवार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठवन्धनका चार दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी का शीर्ष नेताका वीचमा छलफल भएको थियो ।
छलफलले अव घटस्थापना अगाडी अर्थात भोलि साँझसम्म मन्त्रीको टुग्गो लगाएर मनित्रपरिषद्लाई पूर्णता दिने करिव सहमति जुटेको छ ।
गठबन्धन दलहरुबीचको सहमति अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय तथा माओवादी केन्द्र र जसपालाई चार चार मन्त्रालय दिने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव, कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीबीच आज बालुवाटारमा डेढ घण्टा लामो छलफल भएको थियो ।
चार दलका शीर्ष नेताको छलफल अगाडी प्रचण्ड र माधव नेपालवीच माधव नेपालको कोटेश्वरस्थित निवासमा छलफल भएको थियो ।
मधव नेपाल ५ दिन अस्पतालमा उपचार गरेर फर्केपछि गठबन्धन दलका शीर्ष नेताहरुको सोमबार विहान बैठक बसेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले पनि मन्त्रालय भागबण्डामा सहमति भएको बताए ।
‘मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । अब सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा भएको छ’, प्रधानमन्त्री देउवाको प्रमुख स्वकिय सचिव भानु देउवाले भने ।
सहमति अनुसार कांग्रेसले प्रधानमनत्री सहित ८ वटा मन्त्रालयको जिम्मेवारी पाउनेछ । माओवादीले ७, नेकपा एकीकृत समाजवादी र जसपाले ४ /४ ओटा मन्त्रालयको जिम्मा पाउनेछन् । त्यस्तै गठबन्धनका ४ मध्येजसपा वाहेकका तीन दलले १/१ राज्यमन्त्री पनि पाउने सहमति भएको छ ।
कुन मन्त्रालय कसलाई ?
कांग्रेसलाई
गृह,
परराष्ट्र,
कानुन मन्त्रालय
सञ्चार,
महिला बालबालिका तथा जेष्ठ नागरिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
र स्वास्थ्य राज्यमन्त्री
नेकपा माओवादी केन्द्र
अर्थ
ऊर्जा मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,
खानेपानी,
शिक्षा, विज्ञान तथा प्रविधि,
थप एक राज्यमन्त्री
नेकपा (एकीकृत समाजवादी)
रक्षा,
संस्कृति पर्यटन तथा नागरिक उड्डयन,
उद्योग वाणिज्य तथा आपूर्ति,
सहरी विकास,
युवा तथा खेलकुद
थप एक राज्यमन्त्री
जनता समाजवादी पार्टी
भौतिक पूर्वाधार तथा यातायात,
संघीय मामिला तथा सामान्य प्रशासन,
वन तथा वातावरण
कृषि तथा पशुपंक्षी विकास
श्रम रोजगार तथा सामाजिक सुरक्षा
प्रतिक्रिया