गृहजिल्ला पुगेर गच्छदारले भने– प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु

सुनसरी । नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले गृह जिल्ला पुगेर ललिता निवास जग्गा प्रकरणमा आफूले हिनामिना गरेको प्रमाणित भएमा फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् ।
बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै गच्छदारले सो जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरे ।
‘एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार छु ।’ उनले भने ।
‘मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो ।’– गच्छदारले भाषणमा भने ।
उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएको आरोप समेत लगाए ।
आफू निश्कलंक रहेको पनि गच्छदारले पटक–पटक दोहो¥याएका थिए ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया