गृहजिल्ला पुगेर गच्छदारले भने– प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु

सुनसरी । नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले गृह जिल्ला पुगेर ललिता निवास जग्गा प्रकरणमा आफूले हिनामिना गरेको प्रमाणित भएमा फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् ।
बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै गच्छदारले सो जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरे ।
‘एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार छु ।’ उनले भने ।
‘मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो ।’– गच्छदारले भाषणमा भने ।
उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएको आरोप समेत लगाए ।
आफू निश्कलंक रहेको पनि गच्छदारले पटक–पटक दोहो¥याएका थिए ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया