मन्त्रीको नाम टुंगो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै
एमाले नेता जोशी समाजवादीमा प्रवेश गर्दै
मेरोन्यूज
२०७८ असोज २१ गते ९:४३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने नेता विरोध खतिवडाले बताए । बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने बताइएको छ ।
एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने बताएको छ । उक्त पार्टीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आलेलाई मन्त्री बनाउने चर्चा छ ।
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । एमालेबाट राजीनामा दिएर जोशी एकीकृत समाजवादीमा प्रवेश गर्न लागिएको नेता खतिवडाले जानकारी गराए । पुर्व वन मन्त्री समेत रहेका जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् ।
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया