सोमबार, मंसिर १७, २०८१

ब्राण्डेड नेपाली उत्पादन, जुन विश्व बजारमा चर्चित बने

मेरोन्यूज २०७८ असोज २१ गते १५:५७

काठमाडौँ । हामी सबै जना आफूले उच्च गुणस्तरीय सामानहरूको प्रयोग गर्न रुचाउँछौँ । यसका लागि हामी सोहीअनुसार खर्च गर्छौं । आम्दानीको श्रोत उच्च भएकाहरू विश्व चर्चित ब्राण्डका सामानहरू किन्छन् । तर, सबैले विश्व चर्चित ब्राण्डका सामानहरू खरिद गर्न सक्छन भन्ने हुँदैन ।

Advertisement

सामान्य अवस्थामा समेत हामी राम्रो तर ब्राण्डेड सामान रोज्ने गर्छौं । हामीलाई लाग्छ कि विदेशमा उत्पादन भएका सामानहरू मात्रै राम्रा हुन्छन् । ब्राण्डेड हुन्छन् । नेपालमा राम्रो सामान उत्पान हुँदैन । हाम्रो मन मस्तिष्कमा यस्तै हुन्छ ।

तर, हामीले सोचेका कुरा गलत हुन् भन्दा फरक पर्दैन होला । हाम्रो देशमा बनेको सामानबाट विश्व बजारमा ठूलो नाम र दाम कमाउन सफल भएका छन् । नेपालमा बनेका केही उत्पादनहरू उच्च गूणस्तरीय छन् । तर, हामीलाई थाहा नहुन सक्छ ।

नेपालीहरूले अधिक मात्रामा सामान किन्ने अवसर हो, चाड पर्व । यस समयमा हामीले खाने सामानदेखि लगाउन कपडा, जुत्तालगायत सामाग्रीहरू किन्ने गर्दछौँ । यस्ता सामानहरू नेपालमा उत्पादनका नै किन्ने गरौँ । नेपालमा उत्पादन भएका केही सामाग्रीहरू यस प्रकारका रहेका छन् :

एनडिएच मसला

दसैँमा हरेकको घरमा मिठा तथा मासुका परिकारहरु पाक्ने गर्दछ । ती परिकारमध्ये धेरै प्रकारको परिकार स्वादिलो बनाउन मसलाको आवश्यक पर्ने गर्दछ ।

खाना स्वादिलो बनाउने मसला हाम्रै देशमा तयार हुने कुरा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । तर, हामीलाई थाहा नहुँदा नहुँदै पनि प्रयोग गरिरहेका हुन सक्छौँ ।

हामीमध्ये धेरैले प्रयोग गर्ने एनडिएच मसला हो । यस कम्पनीले विभिन्न प्रकारका मसलाहरू उत्पादन गर्दै आएको छ । नेपालमै मसला उत्पादन गर्ने यस कम्पनीले मिट मसला, सब्जी मसला, गरम मसला, करी मसला, मःम मसलालगायत ५० भन्दा बढी प्रकारका मसला उत्पदन गर्दै आएको छ ।

यसको स्वाद प्राकृतिक रहेको छ । नेपालमा नै उत्पादन हुने बेसार, अदुवा, लसुन, टिमुर, मरिजलगायत विभिन्न खाद्य पर्दाथको प्रयोग गरी यी मसला बनाइने गरिन्छ ।

गोल्डस्टार सुज

सन् १९७० मा पारिवारिक व्यापारका रुपमा नुर प्रताव राणाले सुरु गरेको व्यापार हो, गोल्डस्टार । यो जुत्ता कम्पनीको डिजाइन र बनावट किरण सु उत्पादनले गर्दै आएको थियो ।

यही गोल्डस्टार पछिल्ला वर्षमा विश्वभर फैलिने क्रममा रहेको छ । भारतका विभिन्न शहरहरूदेखि अष्ट्रेलिया हुँदै खाडी मुलुकहरूमा समेत गोल्डस्टार कम्पनीको जत्ता सोरुम सञ्चालनमा आएको छ ।

हजारौँ मानिसलाई रोजगारी दिएको यस कम्पनीले महिला, पुरुष दुवैका लागि हुने गरी विभिन्न किसिमको जुत्ता उत्पादन गर्दै आएको छ ।

केटिएम सिटी

सन् २०१३ देखि सुरु भएको कपडासम्बन्धि उत्पादन हुने कम्पनी हो, केटिएम सिटी । पछिल्लो समय यो कपडाको उत्पादन एक ब्राण्डका रुपमा विकास भएको छ ।

नेपाली बजारमा उच्च गुणस्तरको कपडा उत्पादन गर्ने यस कम्पनी आफैमा ब्राण्ड बनिसकेको छ । सबै पुस्ताका लागि हुने गरी उत्पादन सुरु गरेको यस कम्पनीले विभिन्न रंगमा कपडा बजारमा ल्याएको छ ।

क्यालिबर

गोल्डस्टार जुत्तापछि नेपाली बजारमा नाम चलेको जुत्ता हो, क्यालिबर । यो कम्पनीको सुरुवात सन् २००६ देखि भएको हो ।

नेपाली बजारमा भएका ब्राण्डेड उत्पादनमा क्यालिबर सबै पुस्ताको रोजाईमा परेको छ । यो कम्पनीले विभिन्न डिजाइनका जुत्ताहरू उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले सबै प्रयोगकर्ताका लागि सहजता र आरामदायीलाई विशेष ध्यान दिएको छ ।

देशको राजधानी काठमाडौँसहित विभिन्न ठूला सहरहरूमा यो जुत्ता पाइने गरेको छ ।

कोबोल्ड वाच

यो कम्पनी माइकल कोबोल्डले जर्मनमा सुरु गरेका थिए । सन् २०१२ देखि यो घडी नेपालमा समेत उत्पादन भएको छ । नेपाली उत्पादनका सामाग्रीको प्रयोग गरी बनाइएको यो विश्वकै सबैभन्दा महंगो घडी हो ।

यी घडी बनाउँदा प्रयोग हुने टायल सगरमाथाको चुचुरोमा पाउने पत्थर हो । यस घडीको मूल्य नेपाली बजारमा ३५ लाखसम्म पर्ने गरेको छ ।

सिमित मात्रामा उत्पादन हुने, सगरमाथामा पाइने पत्थरको प्रयोग र घडी बनाउने व्यक्ति न्यून भएकाले उत्पादन कम हुँदै आएको हो । यो कम्पनीको मुख्यालय भने अमेरिकामा छ ।

यो घडी अधिक चिसोमा समेत चल्न सक्दछ । यो घडी युरोपेली मुलुकका नागरिकको पहिलो रोजाई बन्न पुगेको छ ।

वाइवाइ चाउचाउ

नेपालको ब्राण्डेड उत्पादनमध्ये पर्छ, वाइवाइ चाउचाउ । फोब्र्स पत्रिकामा विश्वका डलर अर्बपतिको सूचीमा परेका नेपालका एकमात्र व्यापारी विनोद चौधरी अध्यक्ष रहेको वाइवाइ दक्षिण एशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ ।

कम्पनीले यूरोपेली मुलुक सर्बियामा समेत उत्पादन सुरु गरेको छ । २०४१ सालमा अन्तर्राष्ट्रिय ब्राण्ड अधिकारसहित थाइल्याण्डबाट वाइवाइ ब्राण्ड नेपाल प्रवेश गरेको थियो ।

अहिले विश्वमा दुई अर्ब ३० करोड प्याकेट बिक्री भइरहेको वाइवाइले विश्वको चाउचाउ बजारको २.३ प्रतिशत हिस्सा वाइवाइले ओगटेको कम्पनीले जनाएको छ । बिक्रीका हिसाबले नेपालमा राज गरेको वाइवाइ भारतमा दोस्रो धेरै बिक्री हुने चाउचाउको रुपमा रहेको छ ।

यीबाहेक नेपाली बजारमा धेरै सामान उत्पादन हुँदै आएका छन् । ती सामानहरूको आफ्नो महत्व रहँदै आएको छ । नेपालमा उत्पादन भएका कतिपय सामानहरूले विश्व बजारमा राम्रो छाप बनाउँदै गएको छ ।

गोल्यान समूहको नामी पोशाक

औद्योगिक घराना गोल्यान ग्रुपले उत्पादन गरेका पोसाक नामी अन्तर्राष्ट्रिय फेसन ब्राण्डहरुले प्रयोग गर्दै आएका छन् । गोल्यान समूहले विराटनगरस्थित उद्योगबाट उत्पादन गरिएका उनीका तयारी पोसाक विश्वका करिब दुई दर्जन देशमा बिक्री गर्दै आएको छ ।

यो ग्रुपअन्तर्गतको ट्राइकोटले उत्पादन गरेका उनीका कपडा विश्वका चर्चित फेसन ब्राण्ड बेनेटन, डिएकेएस, म्याक्स मारा, टोमी हिलफिगर, एलयुड, आइटिसी विल्स लाइफस्टाइल, रेमन्ड, कलरप्लस, जोडियाक फाइबरटेक्स, क्यामिफ, दुबई ड्युटी फ्रीलगायत विदेशी फेसन ब्राण्डहरुले प्रयोग गरिरहेका छन् ।

ट्राइकोट ब्राण्डका तयारी पोसाक दुबई, अमेरिका जापान लगायत विश्वका २४ वटा देशमा बिक्री हुनाका साथै विश्वभर नाम चलेका फेसन ब्राण्डले प्रयोग गर्ने गरेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

विदेशी फेशन डिजाइनअनुसार कास्मिर, मेरिनो, भेडाको उन, अंगोरा, सिल्क, कपास, एक्रेलिकलगायत बुनिएका लुगा तयार गर्दै ट्राइकोट ब्राण्डले नेपाली कपडा विदेशमा पठाउने गर्छ ।

नेपाली बोराका झोला

काम नलाग्ने बोराबाट नेपाली महिलाहरूले झोला बनाएर युरोपियन मुलुकहरूमा झोलाका सामाग्री बिक्री वितरणमा लैजाने गरेका छन् । शक्तिमिलन नेपाल प्रालिका सञ्चालिका प्रकृति मैनालीले फ्याकिएका बोराहरूलाई बटुलेर बोराका झोलाहरू उत्पादन गर्ने गरेकी छन् ।

उनले त्यसरी बनाएका सामानहरू युरोपमा ब्राण्डेड झोलाका रुपमा बिक्री वितरण भइरहेको छ । कुहिएको बोराले वातावरण प्रदुषण हुने र त्यसलाई पुनः प्रयोग गर्ने बनाउन मैनालीले झोला उत्पादन शुरु गरेकी हुन् ।

नेपालभित्र पछिल्लो पुस्ताका नजरबाट भने बोराको झोला लगभग ओझेल परिसक्यो। तर, विदेशीहरूका लागि भने आकर्षक बन्दै जान थालेको छ ।

अष्ट्रेलिया, अमेरिका र जमर्नीसम्म उनले बनाएका झोला पुग्छन् । त्यहाँका बजारमा यस्ता झोलाको माग अधिक हुन थालेको छ ।

प्रतिक्रिया