विश्वासको मत पाएका मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर
मेरोन्यूज
२०७८ असोज २१ गते १८:११

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई समर्थन पाएसँगै जानकी मन्दिर पुगेका छन् । उनले बुधबार विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री राउतले प्रदेशसभामा दुई तिहाई सांसदको समर्थन पाएका थिए । उनी बिहीबार जानकी मन्दिर पुगेका हुन् । उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका थिए ।
आशिर्वाद लिन पुगेका मुख्यमन्त्री राउतलाई महन्थ दासले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रदेशसभा बैठकमा उपस्थित सय जना सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा विश्वासको मत दिएका थिए । बाँकी २३ जनाले विपक्षमा मत हालेका थिए ।
सम्बन्धित
प्रतिक्रिया