बुधबार, फागुन ७, २०८१

प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक फिर्ता लिने तयारी

मेरोन्यूज २०७८ असोज २२ गते ८:२७

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संधिय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

Advertisement
IMEnabil

प्रतिनिधि सभाको आज बस्ने बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्ने जनाइएको छ । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले लगातार अवरोध गर्दै आएकोछ ।

पार्टीले कारबाही गरेका माधव नेपाल लगाएतका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी एमाले विभाजनमा सहयोगी भुमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

संसद्को अवरोध अन्त्य गर्न सभामुख सापकोटा र प्रधानमन्त्री देउवाले आव्हान गरेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । एमालेले माधव नेपाललाई बोलाएको बैठकमा सहभागी नहुने भन्दै सभामुख र प्रधानमन्त्रीसँग एकला एकलै वार्ता गर्न चाहेको बताएको थियो ।

प्रतिक्रिया