बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० गाउँलेको मृत्यु
मेरोन्यूज
२०७८ असोज २२ गते १४:०७
काठमाडौँ । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीले कम्तीमा १० जना गाउँलेको गोली हानेर हत्या गरेका छन् । उनीहरूले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सोही क्रममा १० जनाको मृत्यु भएको हो ।
नाइजेरियाको उत्तर पश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा उक्त घटना भएको हो । घटना बुधबार राति भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
प्रहरी प्रवक्ता गाम्बो इसाले गाउँमा बन्दुकधारीले दुःखद घटना गराउँदै आएको बताएका छन् । उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि गोली प्रहार गरी हमला गर्दा १० जनाले ज्यान गुमाएको साथै बाँकी ११ जना घाइते भएका छन् ।
घाइतेलाई अस्पताल पुर्याइएको र त्यस हत्यामा संलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको ती प्रवक्ताले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया