प्रधानन्यायाधीसको कोटाबाट मन्त्री बनेका हमाल गैरसांसद !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले शुक्रबार पूर्णता पाउँदै गर्दा गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएको छ ।
प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नातेदार हमाललाई प्रधानमन्त्री देउवाले उद्योगमन्त्री बनाएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिँदा गैरसांसद हमाललाई मन्त्री बनाइएको छ ।
गैरसांसद मन्त्री बनेको अवस्थामा छ महिनाभित्र जनताबाट अनुमोदित हुनुपर्ने, नभए पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।
त्यस आधारमा अहिले मन्त्री बनेका हमाल आगामी छ महिनाभित्र संघीय संसद्को सदस्यमा निर्वाचित हुनुपर्नेछ । संसद सदस्यमा निर्वाचन नभएमा भने उनी पदमुक्त हुनेछन् ।
यसअघि नै प्रधानन्यायाधीस जबराले पनि मन्त्रीको कोटा मागेको चर्चा चलिरहँदा राणाले आफूले कुनै मन्त्री नमागेको स्पष्टीकरण दिएका थिए ।
शुक्रबार नै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग नमागेको दाबी गरेका थिए ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा कुनै सत्यता नभएको बताएका थिए ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने सूचना आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया