करिश्मा मानन्धर भन्छिन् : एमफिल र पिएचडीसम्म अध्ययन गर्ने धोको छ
अहिले अध्ययनमा व्यस्त छु । पहिलाजस्तो चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा कम समय दिएकी छु ।
कोरोनाले गर्दा २ वर्षभन्दा बढी सबै क्षेत्रमा असर परेकाले अध्ययनमा नै धेरै समय दिन पाएँ । बल्ल १२ कक्षाको परीक्षा दिएँ । रिजल्टकको पखाईमा छु । पास हुन्छु । त्यसपछि बि.ए., एम.ए. एमफिल र पिएचडीसम्म पढ्छु होला । अहिले दशैँ नजिकिँदै गर्दा घरलाई नै धेरै समय दिएकी छु ।
चलचित्र क्षेत्रमा मन पर्ने
मलाई चलचित्रमा यो व्यक्ति मन पर्छ । यो मन पर्दैन भन्ने छैन । पहिला र अहिले चलचित्रमा धेरै फरक भइसक्यो । मैले शुरु गर्दाताकाको कठिनाई र अहिलेको सहजकतामा मन पर्ने मन नपर्ने भन्ने हुँदैन ।
आफूसँग काम गरेको सबै राम्रा हुनु हुन्छ । सबै मनपर्छ । तर, छान्नै पर्ने हो भने मलाई चलचित्रमा नयाँ पुस्ता हेर्दा मेरी छोरी कविता मन पर्छ । जसले केही समयअघि चलचित्रमा डेब्यू गरेकी छन् ।
‘एउटा यस्तो प्रेम कहानी’बाट उनले डेब्यू गरेकी हुन् । उनीसँगै नायक शिव श्रेष्ठका छोरा शक्ति पनि चलचित्र क्षेत्रमा प्रवेश गरे । जे होस् नयाँ पुस्ताको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ की मुख्य नायिका कविता र यही चलचित्र मलाई असाध्यै मन पर्छ ।
कलाकारको काम अभिनय गर्ने हो । राम्रो, नराम्रो भन्दा कलामा नयाँ भूमिका नयाँ कलाकारको अभिनयलाई स्थान दिने पनि हो । त्यसैमा लाग्ने छु । मेरो अध्ययन सकिएपछि । फिल्मा आउन चाहानेले केही सिकेर, पढेर आउनु पर्छ । त्यसैले नयाँ नायिका अर्थात मेरी छोरी कविताले पनि पढेरै यस क्षेत्रमा पाइला टेकेकी हुन् ।
फिल्ममा आवश्यक
म धेरै वर्ष अमेरिका बसेँ । सेल्स पर्सन भएर । त्यहाँको फिल्म हेर्दा लाग्थ्यो, म पनि विश्वमा यसरी चिनिऊँ । तर फिल्म उद्योग नेपालको विकास गर्नु पर्ने ठाउँ धेरै छ । फिल्म चल्नु नचल्नु भन्दा प्रोफेस्नल कलाकार हुँदा अरु सोच्न नहुने हुनु पर्छ ।
एउटा काममा अमेरिका गएकी म उतै केही वर्ष हराउनु आम्दानीका लागि हो । पैसाको महत्व धेरै भएकाले राम्रो काम गरेर धेरै कमाउन खोज्नु राम्रो हो । मलगाएत धेरै कलाकार अमेरिका बस्दा जहाँ काम गरे पनि नेपाली कलाकार भनेर चिनाउन गारो हुन्थ्यो । अहिले पनि त्यस्तै छ । यसका लागि नेपाली फिल्म इन्ड्रस्ट्रीजको विकास गर्नुपर्छ ।
यसका कलाकार, निर्माता, निर्देशकले मात्र हुँदैन । देशले नै नीति बनाउँदा राम्रो हुन्छ । चलचित्र विकास बोर्ड राजनीति थलो नबनाएर, विकासका लागि लाग्नु पर्छ । अनिमात्र नेपाली सिने क्षेत्र विदेशी फिल्म जस्तै विश्वभर चम्कन्छ ।
चलचित्रको शुरुवात
मेरो जन्म ५० वर्षअघि ललितपुरमै भएको हो । म १४ वर्षकी हुँदा २०४२ सालमा बनेको ‘सन्तान’ फिल्मबाट यसमाा आएकी हुँ । जसको नायक भुवन केसी हुनु हुन्छ । म १४ वर्षकी बालिकादेखि फिल्ममा अभिनय गरेँ ।
कुनै फिल्म धेरैले मन पराउनु भयो । कुनैमा गाली खाएँ । उमेरको केही समय विदेशमा बिताएँ । अहिले फेरि फिल्म क्षेत्रमा अप्रत्यक्ष रुपमै छु । प्रत्यक्षमा मेरो पढाई नै भयो ।
मैले आफैले फिल्म निर्माण गरेँ । विनोद मानन्धरले निर्माण गरेको ‘कस्तुरी’ नामक फिल्ममा अभिनय गरेपछि नै उहाँसँग मेरो विवाह भयो । मैले मेरो हजमेन्टबाटै निर्माण गर्नपछि हट्नहुन्न भन्ने सिकेँ । र, आफैले पनि पछि फिल्म बनाएँ ।
मलाई दर्शकहरु सबैले फिल्म क्षेत्रका व्यक्तिहरुले सबैभन्दा सुन्दर नायिका भनेर अझै पनि सम्मान गर्नु हुन्छ । खुसी लाग्छ । म ५० वर्ष कटेकी महिला भएर पनि सुन्दर छु भन्दै धेरैपटक ऐना हेर्छु हेहेहे ।
फिल्ममा हिरोइन भए पनि मैले अवार्ड पाउँदा उत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएकी हुँ ।
(मेरोन्युजका लागि कलाकार करिश्मा मानन्धरसँग किरण अधिकारीले गरेको कुराकानीको संम्पादित अंश) तस्वीरहरु : मानन्धरको सामाजिक सन्जाल बाट
प्रतिक्रिया