उधोगमन्त्रीले दुई दिनमै दिए राजीनामा

काठमाडौं । प्रधानन्यायाधीसले कार्यकारी सरकारमा भागबन्डा खोजेको र प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको कोटामा गैह सांसद रहेका गजेन्द्र हमाल उधोग मन्त्री बनेको भनी निक्कै विवाद भएपछि उधोगमन्त्रीले पदभार सम्हालेको दुई दिनमै पदबाट राजीनामा दिएका छन् ।
उनले मन्त्रालयमा पुगेर एकपटक पदभार मात्र ग्रहण गरेका थिए ।
उनले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरवहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र वुझाउनु अगाडि उनले शनिबार साझ कांग्रेस महामन्त्री डा शसांक कोइरालालाई उनकै निवास पुगेर भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, हमालले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएर बालुवाटारबाट बाहिरिसकेका छन् ।
‘उधोगमन्त्रीले प्रधानमन्त्रीलाई आएर भेटनुभयो, राजीनामा पत्र वुझाएर जानुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालयले भन्यो ।
प्रधानमन्त्रीलाई उनले आफू धार्मिक मान्छे भएको र यसरी विवादमा पर्न नचाहेको भन्दै राजीनामा बुझाएका हुन् । कांग्रेस बाँकेका पूर्व सभापति भएपनि उनी प्रधानन्यायाधीस राणाका नातेदार हुन् । उनलाई प्रधानन्यायाधीसले मन्त्री बनाउन प्रधानमन्त्रीसँग लविङ गरेको समाचार प्रकाशित हुँदै आएको थियो ।
नियमत गैह सांसदलाई बाध्यकारी अवस्थामा बाहेक मन्त्री नियुक्त गर्ने प्रावधान संविधानले दिएको छैन । तर देउवाले हमाललाई मन्त्री नियुक्त गर्ने पर्ने कारण अन्य के थियो ? भन्ने नखुलेपनि उनको नियुक्ति प्रधानन्यायाधीसको भागबन्डाकै आधारमा भएको भन्दै प्रधानन्यायाधीसमाथी नै पनि गम्भिर प्रश्न उठिरहेको थियो । राणाले अदालतमै दाग लगाएको आरोप लाग्न थालेको थियो । त्यसपछि मन्त्री हमालले राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा आजै प्रधानमन्त्रीले स्वीकृत गरी राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको पनि बालुवाटार स्रोतले बतायो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया