शनिबार, फागुन ३, २०८१

उधोगमन्त्रीले दुई दिनमै दिए राजीनामा

मेरोन्यूज २०७८ असोज २४ गते १०:४३


काठमाडौं । प्रधानन्यायाधीसले कार्यकारी सरकारमा भागबन्डा खोजेको र प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको कोटामा गैह सांसद रहेका गजेन्द्र हमाल उधोग मन्त्री बनेको भनी निक्कै विवाद भएपछि उधोगमन्त्रीले पदभार सम्हालेको दुई दिनमै पदबाट राजीनामा दिएका छन् ।

Advertisement
IMEnabil

उनले मन्त्रालयमा पुगेर एकपटक पदभार मात्र ग्रहण गरेका थिए ।

उनले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरवहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र वुझाउनु अगाडि उनले शनिबार साझ कांग्रेस महामन्त्री डा शसांक कोइरालालाई उनकै निवास पुगेर भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, हमालले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएर बालुवाटारबाट बाहिरिसकेका छन् ।

‘उधोगमन्त्रीले प्रधानमन्त्रीलाई आएर भेटनुभयो, राजीनामा पत्र वुझाएर जानुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालयले भन्यो ।

प्रधानमन्त्रीलाई उनले आफू धार्मिक मान्छे भएको र यसरी विवादमा पर्न नचाहेको भन्दै राजीनामा बुझाएका हुन् । कांग्रेस बाँकेका पूर्व सभापति भएपनि उनी प्रधानन्यायाधीस राणाका नातेदार हुन् । उनलाई प्रधानन्यायाधीसले मन्त्री बनाउन प्रधानमन्त्रीसँग लविङ गरेको समाचार प्रकाशित हुँदै आएको थियो ।

नियमत गैह सांसदलाई बाध्यकारी अवस्थामा बाहेक मन्त्री नियुक्त गर्ने प्रावधान संविधानले दिएको छैन । तर देउवाले हमाललाई मन्त्री नियुक्त गर्ने पर्ने कारण अन्य के थियो ? भन्ने नखुलेपनि उनको नियुक्ति प्रधानन्यायाधीसको भागबन्डाकै आधारमा भएको भन्दै प्रधानन्यायाधीसमाथी नै पनि गम्भिर प्रश्न उठिरहेको थियो । राणाले अदालतमै दाग लगाएको आरोप लाग्न थालेको थियो । त्यसपछि मन्त्री हमालले राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा आजै प्रधानमन्त्रीले स्वीकृत गरी राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको पनि बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया