फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक पार्टी

काठमाडौँ । फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् । पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी खोलेको बारेमा जानकारी दिएका हुन् ।
यस क्रममा उनले भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो, टाढा टाढासम्म देख्नका लागि र राम्रो काम गर्न यो आवश्यक छ ।’
फिलिप हाभ्रेका पूर्व मेयरसमेत हुन् । आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै उनले थपे, ‘देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा टाढासम्म देख्नसक्नु पर्छ, तपाईले टाढा हेर्नुपर्छ, किनकि यदि तपाई साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाई आफ्नो अगाडि मात्र होइन टाढा टाढा सम्म हेर्नुहोस् ।’
उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउन आग्रह गरे ।
पूर्व प्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताए । नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित गराउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुने छ । र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउने छ ।
















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया