लेबनानमा प्रदर्शन : ६ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी। लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु ३२ जना घाइते भएका छन् ।
गएको वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान समूह हेज्बुल्लाह र अमालले गरेको प्रदर्शनको क्रममा गोलीकाण्ड भएको हो। प्रदर्शनमा लेबनिज फोर्स (एलएफ) का क्रिष्टियन स्पाइनरहरुले गोली चलाएको हेज्बुल्लाह र अमालले बताएका छन् । तर एलएफले आरोप अस्वीकार गरेको छ।
गएको वर्ष तटीय क्षेत्रमा भएको बिस्फोटमा २१९ जनाको ज्यान गएको थियो । त्यो घटनाको संलग्नतालाई लिएर ठूलो विवाद छ । अनुसन्धानमा सहभागी न्यायाधीश तारेक बितार पक्षपाती रहेको आरोप हेज्बुल्लाहको छ। तर प्रभावितका परिवारले भने न्यायाधीशको कामको समर्थन गरेका छन्।
सन् २०२० को अगस्टमा भएको बिस्फोटलाई लिएर अहिलेसम्म कसैलाई पनि दोषी ठहर गरिएको छैन। बिहीबार भएको गोलीकाण्ड लेबनानमा पछिल्ला केही वर्षमा भएको खराब हिंसामा पर्छ । प्रधानमन्त्री नजिब मिकातीले शुक्रबारका लागि एक दिने शोकको घोषणा गरेका छन् । बीबीसी









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया