राष्ट्रिय फुटबलका प्रशिक्षक अल्मुताइरी फर्किएनन् नेपाल
मेरोन्यूज
२०७८ कार्तिक १ गते १३:४४

काठमाडौँ । साफ च्याम्पियनसिपमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत प्रस्थान गरेका छन् । उनी नेपाली टोलीसँग नेपाल नआई कुवेत प्रस्थान गरेका हुन् ।
प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै आफ्नो घर कुवेत गएका हुन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किँदा उनी कतारको दोहासम्म सँगै गरेका थिए ।
अल्मुताइरीले साफको फाइनल खेल नेपालका लागि आफ्नो अन्तिम खेल भएको बताउँदै आएका थिए । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अल्मुताइरी परिवारसँग केही समय बिताएर नेपाल फर्कने बताएको छ ।
प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपमा ऐतिहासिक पहिलोपटक फुटबलको फाइनल पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।
सम्बन्धित









आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया