बिहीबार, जेठ १, २०८२

भोलि एमालेको स्थायी कमिटी बैठक बस्ने

मेरोन्यूज २०७८ कार्तिक ३ गते १४:४८

काठमाडौँ । नेकपा एमालेले भोलि बिहीबार बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षति जस्ता विषयमा छलफल गर्ने भएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

प्रतिक्रिया