वागमती प्रदेशसभाको बैठक सार्न एमालेको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेश संसदीय दलले प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ ।
एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।
पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेशस्तरका अधिवेशन, कात्तिक ६ गते वडास्तरीय र कात्तिक ९ गते स्थानीय तहको अधिवेशनका लागि केही दिनअघि नै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरु लाग्नु पर्ने भएकाले ४ गतेको बैठकमा प्रदेशसभा सदस्यहरु सहभागी हुन नसक्ने भएकाले बैठकको मिति सार्न अनुरोध गरिएको जानकारी दिए ।
“सभामुखज्यूले यही कात्तिक ४ गते दिउँसोका लागि बोलाउनु भएको प्रदेशसभाको बैठकमा पार्टीको अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले हाम्रो पार्टीका प्रदेशसभा सदस्यहरुको सहभागिता हुन नसक्ने भएकाले उक्त बैठकको समयलाई हेरफेर गरी आगामी कात्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछु,” मुख्य सचेतक निरौलाले प्रदेशसभा सचिवालयलाई बुझाउनु भएको पत्रमा उल्लेख छ ।
प्रदेशसभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयले जनाएको छ ।















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया