तालिवानमाथि ग्रेनेड आक्रमण, ६ जना घाइते
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:०४
काठमाडौँ । बुधबार अफगानिस्तानको राजधानी काबुलमा तालिवानको सवारी साधनलाई लक्षित गरी ग्रेनेड आक्रमण भएको छ । घटनामा परी दुई लडाकू र चार जना बालबालिका घाइते भएका छन् ।
अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिवान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले एएफपीलाई बताएका छन् । प्रारम्भिक समाचारमा चार जना विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिए ।
एक प्रत्यक्षदर्शीले एएफपीलाई स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा विस्फोट भएको जानकारी दिएका थिए ।
सम्बन्धित
















नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
परराष्ट्रमन्त्री खनाल मरिसस जाँदै
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया