बाघको आक्रमणबाट कैलालीमा १ जना घाइते
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:५३

कैलाली । कैलालीको टीकापुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा टीकापुर नगरपालिका ५ नुक्लीपुर बस्ने बर्ष २२ का दिपक चौधरी घाइते भएका हुन् ।
साथीहरुसंग कर्णाली नदीमा पानी हेर्न जाने क्रममा बुधबार दिउँसो २ बजे टिकापुर पार्कको जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट चौधरीको दाहिने काधँमा दुईवटा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते चौधरीको टिकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार अन्य चार जना भने सकुशल छन् ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
‘करेन्ट’ लागेर मजदुरको निधन
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
प्रतिक्रिया