माओवादीका को-को तोकिए विभागीय प्रमुख ? (सूचिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय विभागलाई पूर्णता दिएको छ । विभागका प्रमुखहरु पनि उसले तोकेको छ । पार्टी केन्द्रीय कार्यालयमा विहिवार वसेको स्थायी कमिटि बैठकले विभागलाई पूर्णता दिने निर्णय गदै विभागका प्रमुखहरु तोकेको हो ।
नेकपाकालिन विधानको संरचनाकै शैलीमा उसले ३३ विभाग र एउटा नीति अध्ययन प्रतिष्ठान बनाएको छ । विभागमा वढीमा ३५ सदस्य रहने ब्यवस्था पनि माओवादीले गरेको छ ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् । सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । यो समिति १७५ सदस्यीय बनाउने निर्णय माओवादीले गरेको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् । यधपी यो विभागमा सूर्य सुवेदी को नाम चर्चामा छ ।
यी हुन माओवादी बनाएका विभाग र प्रमुखहरु
१) अर्थ तथा योजना विभाग – वर्षमान पुन
२) संगठन विभाग – जनार्दन शर्मा
३) विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
४) प्रचार तथा प्रकाश विभाग – कृष्णबहादुर महरा
५) विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी (निर्णय हुन बाँकी)
६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री
७) कृषि तथा भूमिसुधार विभाग -हरिबोल गजुरेल
८) उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव
९) कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
१०) खानेपानी विभाग – विना मगर
११) जलस्रोत तथा ऊर्जा – लिलामणी पोखरेल
१२) निर्वाचन विभाग -खिमलाल देवकोटा
१३) कानून विभाग – मुक्ति प्रधान
१४) पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी
१५) प्रादेशिक मामिला विभाग -पर्शुराम तामाङ
१६) पार्टी स्कूल विभाग – गिरिराजमणी पोखरेल
१७) पुस्तकालय तथ अभिलेख – नारायणप्रसाद शर्मा
१८) भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१९) युवा तथा खेलकुद विभाग -गणेशमान पुन
२०) राजकीय मामिला विभाग -रेखा शर्मा
२१) राष्ट्रिय सुरक्षा विभाग -कृष्णबहादुर महरा
२२) वन तथा वातावरण- शक्ति बस्नेत
२३) विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२४) शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा
२५) श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव
२६) संघीय संसदीय विभाग- देव गुरुङ
२७) समाज कल्याण विभाग – सत्या पहाडी
२८) सहकारी तथा गरिवी विभाग – धर्मदत्त देवकोटा
२९) शहरी विकास विभाग- देवेन्द्र पौडेल
३०) सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत
३१) साहित्य तथा कला विभाग – गोपाल ठाकुर
३२) स्थानीय तह विभाग -उर्मिला अर्याल
३३) स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला
नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा
प्रतिक्रिया