अफगानी महिलालाई सहयोग गर्न संयुक्त राष्ट्र संघको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्र संघीय एकजना अधिकारी आग्रह गरेका छन् । उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन् ।
अफगानिस्तानका लागि ‘युएन वुमन’का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताएका हुन् । उनले भने कि अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका संघ संस्थाहरुले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नु पर्दछ ।
उनले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरुले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गरे ।
तालिवानीहरुले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट बञ्चित नगर्न विश्वका देशहरुले आग्रह गरिरहेका छन् ।
















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया