विपद् निरीक्षण गर्न प्रधानमन्त्री पुगे गृह जिल्ला डडेल्धुरा
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १६:१२

कैलाली । सुदूरपश्चिमको विभिन्न स्थानमा गएको बाढी, पहिरो तथा डुबान क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन् । उनी बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि डडेल्धुरा पुगेका हुन् ।
उनले त्यस ठाउँका जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयबासीसँग बाढी, पहिरो तथा डुबानका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।
सम्बन्धित
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया