१० औँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत
काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । शुक्रबार जिल्लामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताएकी थिइन् ।
उनले महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न जुट्ने र जिल्लाको कुन ठाउँमा कसरी गर्ने भन्नेबारेमा छिट्टै जानकारी दिइने बताइन् । पार्टीका वागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले विधान अधिवेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिवेशनमा सहभागी हुने, उद्घाटन सत्रमा पाँच नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएको जाकारी दिँदै महाधिवेशनले राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि पहल गर्ने बताइन् ।
सोही प्रदेशका सहइञ्चार्ज काशीनाथ अधिकारीले प्रदेश कमिटीको आग्रहलाई स्थायी कमिटीले स्वीकार गरेकाले यहाँ महाधिवेशन तय भएको बताउँदै राजनीतिमा हरेक दृष्टिकोणले एमाले मुख्य पार्टी रहेको जिकिर गरिन् । उक्त पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया