मंगलबार, फागुन ६, २०८१

सुदूरपश्चिम सरकारको नेतृत्वमा प्रधानमन्त्री देउवाको दाबी

मेरोन्यूज २०७८ कार्तिक ५ गते १४:३२

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गरेका छन् । नेपाल प्रेस युनियन कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन दलसँग सल्लाह गर्ने भन्दै यस्तो बताएका हुन् ।

Advertisement
IMEnabil

पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै देउवाले भने, ‘सल्लाह गर्छु, माथि के हुन्छ ।’ सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कसले गर्ने विषयमा अहिले सत्ता गठबन्धनबीच छलफल भइरहेको छ ।

प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी सरकारको नेतृत्वका लागि लबिङमा छन् । दुई दिनअघि बागमती प्रदेश र प्रदेश १ को नेतृत्वको विषयमा गठबन्धन दलले सहमति गरे पनि सुदूरपश्चिम प्रदेश सरकारको विषयमा कुनै निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया