रसियाको रासायनिक कारखानामा विस्फोट
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १५:५४

रसिया । रसियाको रासायनिक कारखानामा विष्फोट भएको छ । उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
रुसको पश्चिमी रियाजान प्रान्तमा रहेको एक रासायनिक कारखानामा विष्फोट भएको रसियन न्यूज एजेसन्सी टासले जनाएको छ ।
विस्फोटमा परि अझै केही मजदुर बेपत्ता रहेको आपतकालीन स्थिति मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया