एमसीसीबारे देउवाले मुख खोलेः पास गरिन्छ (भिडियोसहित)
भन्छन्– यो ऋण होइन, अनुदान हो

कैलाली । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दलले सरकारको धारणा माग गरिरहँदा मौन रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढी पुगेर मुख खोलेका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाढी प्रभावित क्षेत्रको अवलोकनपछि धनगढीमा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले एमसीसी पारित हुने स्पष्ट गरेका हुन् ।
उनले एमसीसी ऋण नभई ठूलो अनुदान भएको बताए । उनले यति ठूलो अनुदानको एमसिसीबारे झुठा प्रचार भइरहेको आरोप लगाए । यति ठूलो अनुदान आउँदा चाहिएन भन्नु गलत भएको बताए ।
एमसीसी नेपालको कानूनभन्दा माथि रहेको प्रचार गरिए पनि नेपालको कानूनभन्दा माथि नरहेको उनको भनाइ थियो । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
यसअघि सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले पनि एमसीसी पास गर्नुपर्ने बताइसकेको छ । जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीबारे अनावश्यक विवाद गरेको भन्दै तत्काल पास गर्नुपर्ने बताएका थिए ।
यो पनि,
‘कांग्रेस महाधिवेशन कहिले गर्ने केन्द्रीय निर्वाचन समितिलाई सोध्नुहोस्’
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया