एमसीसीबारे देउवाले मुख खोलेः पास गरिन्छ (भिडियोसहित)
भन्छन्– यो ऋण होइन, अनुदान हो

कैलाली । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दलले सरकारको धारणा माग गरिरहँदा मौन रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढी पुगेर मुख खोलेका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाढी प्रभावित क्षेत्रको अवलोकनपछि धनगढीमा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले एमसीसी पारित हुने स्पष्ट गरेका हुन् ।
उनले एमसीसी ऋण नभई ठूलो अनुदान भएको बताए । उनले यति ठूलो अनुदानको एमसिसीबारे झुठा प्रचार भइरहेको आरोप लगाए । यति ठूलो अनुदान आउँदा चाहिएन भन्नु गलत भएको बताए ।
एमसीसी नेपालको कानूनभन्दा माथि रहेको प्रचार गरिए पनि नेपालको कानूनभन्दा माथि नरहेको उनको भनाइ थियो । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
यसअघि सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले पनि एमसीसी पास गर्नुपर्ने बताइसकेको छ । जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीबारे अनावश्यक विवाद गरेको भन्दै तत्काल पास गर्नुपर्ने बताएका थिए ।
यो पनि,
‘कांग्रेस महाधिवेशन कहिले गर्ने केन्द्रीय निर्वाचन समितिलाई सोध्नुहोस्’









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया