एमालेको वडा अधिवेशन १२ बजे उद्घाटन हुने
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ९:४०

काठमाडौँ । नेकपा एमालेले मुलुकभर गर्न लागेको वडा स्तरका अधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । आगामी १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन गर्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई भुर्चल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।
यसैबीच, बाढी पहिरोबाट प्रभावित भएका जिल्लामा आज वडा अधिवेशन नहुने भएको छ । एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया