पार्टी भित्र उन्नतस्तरको एकता रहेको ओलीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावी गरेका छन् ।
पार्टीमा एमाले तेस्रो धारका नेताहरुको असन्तुष्टी र पार्टीभित्र पुनः विवाद चर्किरहेकाबेला ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी गरे । शुक्रबार मात्रै पार्टी विवाद मिलाउन भन्दै गरिएको दश बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका थिए ।
शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले उन्नत स्तरको समझदारीका साथ नै देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यस्तै, एमाले अध्यक्ष ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अध्यक्ष ओलीले बेमौसममा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए ।
ओलीले अतिवृष्टिका कारण शनिवार हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएका छन् ।
यो पनि पढ्नुस्
एमालेमा १० बुँदे सम्झौतामा विवादपछि भीम रावलले दिए राजीनामा
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया