खतिवडाले उठाए मदन–आश्रित हत्याको प्रशंग

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप-महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रसंग उठाउँदै पूर्वपार्टी नेतृत्वप्रति आशंका ब्यक्त गरेका छन् ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन–आश्रित हत्याको प्रमाण एमाले अध्यक्ष केपी ओलीले लुकाएको आरोप लगाए ।
प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्तासमेत रहेका खतिवडाले मदन आश्रित हत्याराको प्रमाण लुकाउन केपी ओलीहरु संलग्न रहेको दाबी गरे ।
‘उहाँहरूले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’, ओलीले भने, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने लाग्छ ।’
उनले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको पनि उल्लेख गरे ।
खतिवडाले आफू शक्तिशाली प्रधानमन्त्री र मदन भण्डारीकी श्रीमति विद्या भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी गर्न नसकेको बताए ।
एमालेले मदन भण्डारीको नाम मात्रै बेचिरहेको तर वास्तविक सम्मान दिन नसकेको खतिवडाको आरोप थियो । उनले एमाले पार्टी कम्युनिस्ट हुन नसकेको पनि आरोप लगाएका थिए ।

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया