शनिबार, फागुन ३, २०८१

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको पनि माग

मेरोन्यूज २०७८ कार्तिक ७ गते १३:०३

काठमाडौँ । प्रदेश १ को सत्तासिन दल नेकपा एमालेले पनि प्रदेश सभाको बैठक स्थगित गर्न आग्रह गरेको छ । यसअघि नेपाली कांग्रेसले प्रदेश सभामा लिखित पत्र पेस गर्दै प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको थियो ।

Advertisement
IMEnabil

कांग्रेसको लिखित पत्रपछि एमालेले पनि आइतबारको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको हो । एमालेले प्रदेश सभामा पत्र बुझाउदै प्रदेश सभाको बैठक कात्तिक १५ पछि राख्न माग गरेको छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेश सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजन गर्न आज साढे १२ बजे बैठक बोलाइएको थियो । तर दुई दलको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया