गोलाप्रथाका आधारमा पेशी तोक्न प्रधानन्यायाधीस सहमत
सोमवार नै अदालतको फूलकोर्ट बैठक बस्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गोलाप्रथाका आधारमा पेशी तोक्न सहमत भएका छन् ।
सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबरा गोलाप्रथाका आधारमा सर्वोच्च अदालतको दैनिक पेशी तोक्न सहमत भएका हुन् ।
गोला प्रथाको आधारमा वा स्वचालित प्रणालीबाट पेशी तोक्नुपर्ने लगायतको माग राख्दै नेपाल बार एशोशिएसनले शुक्रबार प्रधानन्यायाधीसलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।
सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा प्रधानन्याधीस जबराले सोमवार नै अदालतको फूलकोर्ट बैठक बोलाउन सहमत भएका छन् । भेटमा जबराले न्यायालय सुधारमा आफ्नो प्रतिवद्धता पनि जनाएका छन् ।
मंगलबारदेखि गोला राख्दा नमुनाको ट्रायल गर्ने सो क्रममा बार अध्यक्षसमेत रहने त्यसलगत्तै अटोमेसनको ट्रायल हुने भएको छलफलपछि बार महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
मन्त्रालय भागबण्डाको कुरामा पनि आफूले विवाद आएपछि जेठानलाई नबनाइदिन आग्रह गरेको पनि बार पदाधिकारीसमक्ष स्पष्टीकरण दिएको पौडेलले बताए । आफूले सिफारिस नगरेको र आफ्नो नाम जोडिने भएपछि मन्त्री नबनाउने आफूले भनेको प्रधानन्यायाधीस जबराले बताएका छन् ।
प्रधानन्यायाधीस राणाले न्यायालयको समस्य विगतदेखि नै थुप्रिदै आएकाले त्यसलाई सुधार्न आफूले प्रयत्न गर्ने प्रतिवद्धता जनाएको पनि बार महासचिव पौडेलले बताए ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले २०७६ विचौलिया तथा भ्रष्टाचार रोक्ने लगायतका वैसाखदेखि आफूहरुले उठाएका विषयहरुकाबारेमा छलफल गरेको बताए ।
खासगरी न्याय पालिकाभित्रको न्याय प्रसासन र न्याय सम्पादनमा पारदर्शी हुनुपर्ने तथा जनताको मुद्दा समयमा फछ्र्यौट हुनेपर्ने तथा आफूखुशी इजलास गठन रोकिनुपर्नेमा आफूहरुले कुरा उठाएको श्रेष्ठले बताए ।
‘गोलाप्रथा (राफेल) प्रणाली भाद्र १६ बाट भनेर प्रधानन्यायाधीसले भन्नुभएको थियो तर अहिले बल्ल भोलि पूर्ण बैठक राखेर पर्सिबाट लागू गर्ने कुरा आएको छ’, श्रेष्ठले भने, ‘नेतृत्वले चाहे सुधार हुन्छ । बिचौलिया रोक्ने कुरा पनि हामी भोलिको पूर्ण बैठका उठाउँदैछौं ।’
आफूहरुले प्रधानन्यायाधीसको राजीनामा नमागेको र राजीनामा दिएर मात्रै समाधान हुने भएमा मात्रै राजीनामा मागिने श्रेष्ठको भनाइ थियो ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया