जसका लागि लड्यौं, उनैले साथ दिन छाडेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुन वर्गका लागि लडेको उनीहरुले नै साथ नदिएको गुनासो गरेका छन् ।
आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले तीनै उत्पीडित वर्ग आफुलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिडेको बताए ।
‘जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफुलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ’, प्रचण्डले भने, ‘के भएको होला भन्ने महशुस हुन्छ ।’
प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरीरहेका आरोप लगाए ।
‘तपाईहरुले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठुल्ठुला महान विद्धान कर्मचारीतन्त्रका ठूला भन्नेहरु चाहीँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै ।’ प्रचण्डको प्रश्न थियो, ‘को हुन् ती मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुर्नस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के ?’
पूर्व अर्थसचिव खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए । कर्मचारीतन्त्रका ठूला भनी प्रचण्डले खनालप्रति नै संकेत गरेका थिए ।
माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्र्तजातीय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातीय विभेद कायम रहेको भन्दै उनले दुःख व्यक्त गरे ।
प्रचण्डले रोल्पा, रुकुममा अन्र्तजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको पनि उल्लेख गरे ।
उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए ।

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया