मंगलबार, फागुन ६, २०८१

निर्वाचन भएको चार वर्षपछि नतिजा उल्टियो

मेरोन्यूज २०७८ कार्तिक ७ गते २०:२१

महोत्तरी । स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ को नतिजा उल्टिएको छ ।

Advertisement
IMEnabil

स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना भएको थियो ।

नतिजा उल्टिएसँगै वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको घोषणा गरिएको छ ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।

यसअघि मत परिणाम बराबरी आएपछि गोलाप्रथाबाट चौधरीलाई विजयी घोषणा गरिएको थियो ।

प्रतिक्रिया