बाढीपीडितलाई कांग्रेस नेताको सहयोग

काठमाडौं । कांग्रेस युवा नेता दीपक सिंहले दोधरा चाँदनीका बाढीपीडित परिवारलाई १ लाख ७५ हजारको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
सिंहले हालैको बाढीबाट घरबार बिहीन भएका कञ्चनपुर जिल्लाको दोधरा चादनी नगरपालिका वडा नम्बर ८,९ र १० का अति बिपन्न एक सय परिवारलाई १ लाख ७५ हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरेका हुन् ।
युवा नेता सिंहले बाढीबाट पिडित अति बिपन्न १०० परिवारका लागि १०० बोरा चावल, १०० लिटर तेल, १५० केजी दाल र १०९ प्याकेट नूनसहितको सामाग्री दोधरा चादनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार मार्फत हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै नेता सिंहले बाढीका कारण हजारौ परिवार बिस्थापित भएर देखेर मानवीयताको नाताले आफूले थोरै भए पनि सहयोग गरेको र भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुख सुनारले बिपदको घडीमा गरेको सहयोगको लागि धन्यवाद दिँदै अन्य ब्यक्ति तथा संघ संस्थाहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन् ।
बेमौसमी बर्साका कारण महाकाली र जोगबुढा नदीको बाढी बस्तीमा पसेर दोधरा चादनीमा मात्र करोडौंको क्षति हुन गएको छ भने हजारौ बिस्थापित भएका छन ।









टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया