राष्ट्र निर्माणका बारेमा सोच्ने पार्टी एमाले मात्रै : ओली
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १३:४७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षा गर्ने पार्टी एमाले रहेको बताएका छन् । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका हुन् ।
ओलीले राष्ट्र निर्माणका बारेमा सोच्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । उनले अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेको बताए । ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’उनले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताए ।
सम्बन्धित









काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया