जातीय विभेदलाई यहि पुस्ताले अन्त्य गर्नुपर्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।
कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भुमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गरे ।
उनले सो प्रावधानलाई पालना गराउन सरकार प्रतिवद्ध रहेको बताए । उनले जातीय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताए ।
आगामी पुस्ताले जातिय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उल्लेख गरे ।
गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनैपनि भुभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए ।
यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि गृहमन्त्री खाँणको भनाइ थियो ।
उनले विपतबाट पीडित नागरिकहरुलाई सरकारले राहत तथा पुर्नस्थापना गर्ने पनि बताए ।
क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने गृहमन्त्रीको भनाइ छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया