वाग्मती प्रदेशमा मुख्यमन्त्रीका लागि भोलि दिउँसो ३ बजेसम्म दावी पेश गरिसक्नुपर्ने
मेरोन्यूज
२०७८ कार्तिक १० गते १७:४०

काठमाडौं । वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो ३ बजेभित्र दलहरूलाई दाबी पेस गर्ने समय दिएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा बिहीबार दिउँसो ३ बजेभित्र प्रदेश प्रमुखको कार्यालसमक्ष मुख्यमन्त्री बन्नका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।
विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्रस्तुत गर्न भनिएको छ ।

सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया