सिंहदरबारभित्र गोली चल्यो
मेरोन्यूज
२०७८ कार्तिक १० गते १८:००
काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । बुधबार दिउँसो सिंहदरबार भित्र गोली चलेको हो ।
राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । तर कसैलाई नलागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया