मंगलबार, फागुन ६, २०८१

संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधिशले राजीनामा दिनुपर्छ भन्नु अनुचित हो : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ कार्तिक ११ गते १०:४५
फाइल फोटो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभालाई पुनःस्थापना गर्ने सबै न्यायाधिशले राजीनामा दिनुपर्छ भन्ने कुरा अनुचित भएको बताएका छन् ।

Advertisement
IMEnabil

समाजवादी प्रेस संगठनले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको बताए ।

अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए । ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेपालले केपीले सबै बिगारेको आरोप लगाए । उनले प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नभएको बताए ।

प्रतिक्रिया