गोकुलेश्वर कृषि क्याम्पसलाई त्रि.बि.आंगिक क्याम्पस बनाउन नेता लेखकको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेका छन। आज प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकले सुदुरपश्चिमको दुर्गम क्षेत्र बैतडीमा सामुदायिक पहिलो कृषि क्याम्पस गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन विश्व विद्यालय आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिव र बिपन्न
छात्रछात्राहरुले सहज रुपमा प्राबिधिक शिक्षा पढ्न पाउने भएकाले आंगिक क्याम्पस निर्माणको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री देउवाले बर्तमान सरकारको दुर्गम क्षेत्रमा शिक्षा , स्वास्थ्य लगायत प्राबिधिक शिक्षालाय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेकाले गोकुकेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडीका पुर्व सभापति शिबराज भट्ट , क्याम्पस प्रमुख प्रमानन्द जोशी, क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे , ने। बि।संघका पुर्व केन्द्रीय सदस्य जनक भट्ट लगायतको उपस्थित रहेको थियो ।
वि.स.२०६७ मा सम्बन्ध पाएको थियो । भने उक्त क्याम्पसको वि.स. २०६९ सालमा अहिलेका प्रधानमन्त्री देउवाले नै गरेका थिए। हाल क्याम्पसमा १७१ जना विद्यार्थी अध्ययनरत छन ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया